फेब्रुअरी महिनामा जन्मिएका बच्चा अधिक बुद्धिमानी र अग्लो हुने एक सर्वेक्षणले देखाएको छ ।
यो महिना जन्मिएका मान्छे आफ्नो सिर्जनशिलताले परिचय बनाउ सक्षम हुन्छन् ।
यस्तै तुरुन्तै समस्याबाट छुटकारा पाउन समेत यो महिनामा जन्मिएकाहरु सफल हुन्छन् ।
२१००० जनामा ७ वर्षसम्म गरिएको अध्ययनमा फेब्रुअरीमा जन्मिएका बच्चामा तनाव समेत कम हुने गरेको देखिएको छ ।
तर यो महिनामा जन्मिएकाहरु छिट्टै चित्त दुखाउने खालका हुन्छन् । शोधकर्ताका अनुसार यो महिनामा जन्मिएकाहरुले फरक पेशा अपनाउन खोज्ने गर्छन् ।
फेब्रअरीमा जन्मिएकाहरु प्राय कलाकार, यातायातका कर्मचारी वा प्रहरी सेवामा हुन्छन् ।
न्यूजल्याण्डमा गरिएको शोधमा ४देखि ५ वर्षका बच्चामा यस्तो अनुसन्धान गरेका थिए ।
यसमा बच्चाको विचार, स्वभाव, खर्च गर्ने बानी, साथी बनाउने कला लगायतको विश्लेषण गरिएको थियो ।
यो भन्दा अघि येल विश्वविद्यालयका शोधकर्ताले नयाँ शोध गरेको थिए ।
यसमा प्राकृतिक रुपमा जन्मिएका बच्चाहरु बुद्धिमान हुने देखिएको छ ।
शल्यक्रिया गरेर भन्दा प्राकृतिक रुपमा जन्मिएकाहरु बुद्धिमान हुने शोधकर्ताहरुको भनाइ छ । यो शोधको बारेमा पीएलओएस वन जर्नलमा लेख छापिएको छ ।







