
४ चैत्र, ताप्लेजुङ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले हालसम्म कै उत्कृष्ट राजस्व संकलन गरेको कार्यालय प्रमुख रोहित थापाले जानकारी दिनुभएको छ । गत साल २०७७ को चैत्र माहिनामा मात्र रु एक लाख आठ हजार राजस्व असुली गरेको हो ।
कारवाही पर्नेमा ८ ओटा ट्रक, ४६ ओटा जिप, ३० ओटा ट्याक्टर, ७१ ओटा मोटरसाईकल गरी १५६ ओटा कारवाही गरिएको कार्यालयका प्र.ज. सागर दाहालले जानकारी दिनुभयो । एकै महिनामा जम्मा गरिएको यो राजस्व ताप्लेजुङ ट्राफिक कार्यालयका लागि प्रथम पटक हो ।
कारवाही पर्नेमा अधिकांस सवरी चालक अनुमति पत्र साथमा नबोकी हिड्ने रहेको प्र.ज. भिम खत्रीले बताउनु भएको छ ।
चैत्र महिनामा दुर्घटना भई मृत्यु हुनेको संख्या भने एक जना मात्र रहेको दाहालले जानकारी दिनुभएको छ ।