
३ बैसाख, ताप्लेजुङ ।
नयाँ वर्ष लागेसंगै ताप्लेजुङमा मासुको मुल्य बढेको छ । बोइलर कुुखुराको प्रति के.जी. रु. ४०० बाट बढेर रु. ४५० पुगेको हो । त्यस्तै खसीको मासुको मुल्य समेतमा रु.१०० बढाइएको छ ।
अहिले खसीको मासुको मुल्य प्रति के.जी. रु. ८०० पर्छ । मुल्य वृद्घि भएकोमा सर्वसाधरणले गुनासो गरे तापनि स्थानिय सरकार साथै प्रसासनको ध्यानाकर्षण नभएको सर्वसाधरणको आरोप रहेको छ ।
यता मासु व्यवसायीहरुले खसी तथा बोइलर कुखुरा नै महंगोमा खरिद गर्नु पर्ने बाध्याता भएकाले मासुको मुल्य वृद्धि गरिएको एक मासु व्यवसायी जानकारी दिनु भएको छ । स्थानिय गाउँघरमा भने कुनै पनि मासुको मुल्य बढेको छैन ।
गाउँघरमा खसीको मासुको मुल्य प्रति के.जी. रु. ७०० रहेको छ । सुंगुर र राँगाको मासुमा मुल्यमा पनि रु.५०÷५० बढाइएको छ ।