गुल्मी । गुल्मीमा बाबुद्वारा छोरी ब’लात्कारको घटना सेलाउन नपाउँदै फेरी देवरद्वारा भाउजू ब’लात्कारको घटना बाहिर आएको छ ।

मुसिकोट नगरपालिका वडा नम्वर १ पौदीअमराईमा नाम थर गोप्य राखिएका २२ बर्षीया देवरले २४ बर्षीया भाउजूलाई चैत्र १४ गते राति ब’लात्कार गरेर भागेको जा’हेरी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार भाउजू सुत्ने कोठाको भ्यान्टिलेटरबाट भित्र पसेर एक्लै सुतेकी भाउजूलाई ब’लात्कार गरेर देवर भागेका थिए ।

निज देवरलाई ब’लात्कार गरि भागेको बेला अर्को दिन विहान मुसिकोट नगरपालिका वडा नम्वर ७ वामीटक्सारबाट प’क्राउ गरियोको थियो भने सोमवार जिल्ला अदालतमा ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको पाण्डेले जानकारी दिए ।

गुल्मीमा फेरि अर्की बालिका पनि ब’लात्कार उद्योगको शिकार भएको खबर प्राप्त भएको छ । चैत्र १४ गतेकै राति बाग्लुङ्गको बरेङ्ग गाउँपालिका वडा नम्वर ३ का ३३ बर्षीय ड्राइभर चेतमान सुनारले गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ७ की १४ बर्षीया बालिकालाई ब’लात्कार गरेको अभियोगमा प’क्राउ गरि आजै अदालतमा ७ दिन म्याद थप गरिएको डिएसपी पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय