ताप्लेजुङ – आगलागीबाट प्रभाबित नेपाली कांग्रेस ताप्लेजुङका महासमिति सदस्य तथा नेपाल तरुण दलका पुर्व केन्द्रिय महासचिव पदम सुन्दर पालुङवालाई झण्डै २ लाख रुपैयाँ बराबरको जस्तापाता हस्तान्तरण गरिएको छ ।
बुधबार नेपाली कांग्रेस ताप्लजुङले आफ्ना पार्टीका नेता पालुङवालाई १ लाख ८८ हजार ७ सय २० रुपैयाँ बराबरको जस्तापाता प्रदान गरिएको पार्टीका प्रबक्ता गणेश सिक्देलले जानकारी दिनुभयो । उहाँका अनुसार गएको जेठमा आगलागिबाट घर पुर्णरुपमा जलेर नष्ट भई पीडित बन्नुभएका पालुंवाको निर्माणका क्रममा रहेको घरमा छानो लगाउनका जस्तापाता खरिद गरी सहयोग गरिएको हो । पार्टी सभापति गजेन्द्र तुम्याहाङ, उपसभापति डिल्लिरमण बराल, कोशी प्रदेशसभा सदस्य खगेनसिं हाङ्गाम लगायतले घरैमा जस्ता पु¥याएर हस्तान्तरण गरेको कंग्रेस ताप्लेजुङले जनाएको छ ।
यस्तै जस्ताका लागि पिन र वासर समेत प्रदान गरिएको जनाईएको छ । आगलागि लगायतका प्राकृतिक विपत्तिमा पर्दै आएकालाई सहयोग गर्दै आएको र पालुंवालाई समेत घर निर्माणमा सहयोग पु¥याउने उद्धेश्यले जस्ता खरिद गरेर सहयोग गरिएको बताइएको छ । उक्त जस्ता पाता नेपाली काँग्रेस जिल्ला कार्य समिति र प्रदेशसभा सदस्य हाङ्गाममार्फत आर्थिक सहयोग संकलन गरि खरिद गरिएको पार्टीले जनाएको छ ।







