ताप्लेजुङ । एकल तथा विपन्न महिलालाई स्वरोजगार बनाउने उद्देश्य राखेर फुङ्लिङ नगरपालिका – ८ ले बोयर जातको ले बोका तथा बाख्रा बितरण गरेको छ ।
फुनपा-८ रहेका ६० बर्षभन्दा मुनिका सरकारको मापदण्ड अनुसार बिधवा महिला अथवा श्रीमान नभएका वडा भरिको ३० घरभन्दा बढी महिलाहरु लाई आत्मानिर्भर बनाउने उदेश्यका साथ वडा कार्यालयबाट उन्नत जातको ५०% पियुर बाख्राहरु निशुल्क बितरण गरिएको अध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो।
बितरण गरिएको बाख्रा २ बर्षसम्म अनिवार्य घरमा पाल्नुपर्नेछ । यदि अनुगमन गर्दा नभेटीए वडा पाउने सेवासुबिधा समेत रोकिदिने बोलकबोल गरि बितरण गरिएको अध्यक्ष सुनुवाइको भनाइ रहेको छ।











