१३ माघ, ताप्लेजुङ । ओपन ट्यालेन्ट सो २०७९ को उपाधि अल्का मगरले हात पारेकी छिन।

तमोर इङलिस स्कुलद्धारा आयोजित कार्याक्रममा फस्ट रनरअप स्वीकृति तामाङ, सेकेन्ड रनरअप जेनी बस्नेतले जित्न सफल भएका छन् ।
प्रथम हुने मगरले नगत रु ५००० सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन भने दोस्रो र तेस्रो हुने तामाङ र बस्नेतले क्रमश नगद ३००० र १००० ट्रफी मेडल र प्रमाण पत्र हात पारेका छन। बाकी सबै फानलिस्टहरुले मेडल र प्रमाणपत्र हात पारेका थिए।

प्रतियोगिता नृत्य, गायन र निबन्ध तीन वटा बिधामा संचालित थियो।

“सस्कार सहितको प्रयोगात्मक र गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता ” भन्ने मूल नाराका साथमा १५ औं बार्षिक उत्सब तथा सरस्वती पुजाको साथमा आयोजित प्रतियोगितामा १९ जना ग्रान्ड फिनालीमा सहभागी थिए । गत कार्तिकमा सुरु भएको प्रतियोगितामा कुल १०३ जना विद्यार्थीहरु सहभागी भएका तमोर अङ्ग्रेजी स्कुलमा सहायक प्रधानाध्यापक मनकुमार गुरुङले जानकारी दिनु भएको छ । उनीहरुले सेलेक्सन राउन्ड, नकाउट राउन्ड, भोटिङ राउन्ड हुँदै फाइनलमा प्रवेश गरेको थिए। कार्यक्रमको उद्घाटन फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले गरेका थिए । कार्यक्रममा बोल्दै मादेनले तमोर इङलिस स्कुल विद्यार्थीहरुको लागि जिल्लाकै एउटा नमुना स्कुल बनी सकेको र यस प्रकारको कार्यक्रमले संस्कृति जगेर्ना गर्न र विद्यार्थीको क्षमता प्रस्फुटन गर्न सहयोग पुग्ने बताए ।

तमोर इङ्लिस स्कुलका अध्यक्ष सुरेन्द्र बस्नेतले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिए ।

प्रतियोगिताको निर्णायकहरुमा राष्ट्रिय गायक तथा इन्जिनियर बिरेन्द्र श्रेष्ठ, प्रीति थलङ समेतको उपस्थिति रहेको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी टङ्क बहादुर भट्टराई, फुङ्लिङ नगरपालिकाका सामाजिक बिकास मन्त्री क्षितिज सुनुवार, प्याब्सनका केन्द्रिय अध्यक्ष दिनेश भट्टराई, जिल्ला प्याब्सन ताप्लेजुङ अध्यक्ष गणेश सिग्देल, उपाध्यक्ष देवराज गुरुङ, पत्रकार महासङ्घका अध्यक्ष आनन्द गौतम, रेडियो तमोरका स्टेसन म्यानेजर वसन्त पालुङ्वा, रेडियो काबेलीका संचालक दिनेश लिङ्खिम लगायत अतिथिको उपस्थिति रहेको अध्यक्ष बस्नेतले बताए।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय