सरकारले प्रतिबन्धित वस्तु आयात खुलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्धित वस्तुको आयात ​खुल्ला गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध लगाउँदै आएको थियो ।

विदेशी मुद्रामा सञ्चितिमा संकट देखिए पछि सरकारले गत वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थबाहेक), हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३०० अमेरिकी डलरमाथिका स्मार्ट फोनहरू, रंगीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तासको आयातलाई प्रतिबन्ध लगाएको थियो । अन्य वस्तुको आयात खुला गरे पनि ४ वस्तुमा भने प्रतिबन्ध कायम रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय