माघ १६, ताप्लेजुङ । 
नेपाल विद्यार्थी संघ इकाई समिती पाथीभरा बहुमुखी क्याम्प्स ताप्लेजुङले  सहिद दिवसको अवसर परेर सरसफाई तथा डस्टबिन वितरण गरेको छ । 
जिल्लाको फुङलिङ स्थित क्याम्पसलाई ३ सेट फलामको को स्टान्ड सहित डस्बिन प्रदान गर्नुका साथै क्याम्पस परिसरमा सरसफाई समेत गरिएको इकाई समिति पाथीभरा बहुमुखी क्याम्पसका अध्यक्ष अशोक चोङवाङले जानकारी दिनुभयो । अध्यक्ष चोङवाङले क्याम्पस प्रमुख मोहन कुमार राईलाई डस्बिन हस्तान्तरण गर्नुभएको हो । 
सरसफाई तथा डस्बिन प्रदान कार्यक्रममा क्याम्पस प्रमुख मोहन कुमार राई, क्याम्पस संचालक समितिका अध्यक्ष गजेन्द्र तुम्याहाङ, जिल्ला स्तरिय नेताहरु अमिर मादेन, दिपेन्द्र सेन्दाङ, नेविसंघ जिल्ला अध्यक्ष विश्वराज नाल्बो, क्याम्पसका प्राध्यापक, विद्यार्थीहरु लगायतको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।    

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!