ऋण यस्तो बोझ हो, जसले थिचेपछि मानिसको जीवन सहज हुदैन । यसले मानिसको एक लयमा चलिरहेको जीवनलाई बिर्गान सक्छ ।

त्यसैले मानिसहरु सकेसम्म ऋण लिन चाहादैनन् । कतिपयले तिर्न नसक्ने भएपछि वा ऋणदाताको दबाबले आत्महत्यासम्म गर्दछन् । ज्योतिषशास्त्र केहि यस्ता उपायहरु छन्, जसले ऋणबाट छुटकारा पाउने भन्ने मार्ग प्रसस्त गर्दछ ।

यस्तो छ ऋणबाट मुक्ति पाउन राशी अनुसार अपनाउनु पर्ने उपायहरु :

मेष राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन भगवान गणेशको नित्य फूल अर्पण गरेर आराधना गर्नुपर्दछ।

वृष राशी
ऋणबाट मुक्ति पाउन यस राशीका जातकले नित्य रातो फूल अर्पण गरेर माता लक्ष्मीको आराधना गर्नुपर्दछ ।

मिथुन राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन नित्य बिहान बेलुका हनुमान चालीसा पाठ गरेर हनुमानजीको आराधना गर्नुपर्दछ।

कर्कट राशी
ऋणबाट मुक्ति पाउन यस राशीका जातकले बिहिबारका दिन केराको बोटको पूजा गर्नुपर्दछ ।

सिंह राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन शनिवारको दिन पारेर पीपलको रुख मुनि दियो बाल्नु पर्दछ।

कन्या राशी
ऋणबाट मुक्ति पाउन वा धन प्राप्तिकालागी यस राशीका जातकले भगवान शिवलाई नित्य जल अर्पण गर्नुपर्दछ ।

तुला राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन बिहीबारका दिन भगवान श्रीविष्णुको सहस्त्रनाम पाठ गरी दिनभर पहेलो वस्त्र धारण गर्नुपर्दछ ।

वृश्चिक राशी
ऋणबाट मुक्ति पाउन वा धन प्राप्तिकालागी यस राशीका जातकले मंगलवारका दिन तुलसी दल अर्पित गर्नुपर्दछ ।

धनु राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन नित्य बिहान भगवान श्रीविष्णु र माता लक्ष्मीको पूजा गर्नुपर्दछ ।

मकर राशी
ऋणबाट मुक्ति पाउन मकर राशीका जातकले नित्य बिहान गणेशजीको आराधना गर्नुपर्दछ । बुधवारका दिन पारेर हरीयो अलाइची अर्पण गर्नुपर्दछ ।

कुम्भ राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन सोमवारका दिन शिवलिंगमा गंगाजल अर्पण गर्नुपर्दछ।

मीन राशी
ऋणबाट मुक्ति पाउन यस राशीका जातकले नित्य सूर्यदेवलाई जल अर्पण गर्नुपर्दछ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!