एजेन्सी । एउटा देशको पाहुनलाई स्वागत गर्ने तरिका थाहा पाएपछि तपाई छक्क पर्नु हुनेछ । त्यहाँको स्वागतमा पहिलो चोटी पुगेको मान्छे त नबुझेर डराएर भाग्न पनि बेर छैन् ।
न्युजिल्याण्डको माओरी समुदायमा पाहुनालाई स्वागत गर्दा जोड जोडसँग चिच्याउँछन् । जसलाई हाका भन्ने गरिन्छ । यो परम्परा पहिले देखी नै चल्दै आएको छ ।
उहिले युद्धको बेला सत्रुलाई तर्साउन बेस्सरी चिच्याएर धाबा बोल्ने प्रचलन थियो । सोही चलनलाई परिमार्जित गर्दै हाका नाम राखिएको छ ।
जसमा मान्छेहरुले आफ्नो खुट्टा जोडसँग भुइँमा बजार्छन् । अनुहारमा गम्भीर भाव देखाउँछन् र जोडसँग चिच्याउँछन् ।
सानादेखी ठूला जोसुकैको स्वागतमा पनि यो परम्परा लागू हुन्छ । साथै स्कुलमा समेत बालबालिकाहरुलाई यस्तो परम्परा सिकाइन्छ ।







