एजेन्सी

सामान्यतः महिलाले लगाउने जुत्ता–चप्पल वा स्यान्डिल केही सय वा केही हजार रुपैयाँसम्म पाइन्छ । तर, आज हामी तपाईंलाई एउटा यस्तो स्यान्डिलको कथा सुनाउँदैछौं, जसको मूल्य सय र हजार हैन, अर्बौं रुपैयाँ पर्छ ।

झट्ट सुन्दा जो कोहीले जिब्रो टोक्न सक्छ । तर, यो सत्य हो । आखिर अर्बौं पर्ने स्यान्डिल कस्तो होला त ?

अरेबियन मुलुक युएइको दुबई सहरमा हालसालै झन्डै २ अर्ब रुपैयाँ पर्ने दुनियाँकै सबैभन्दा महँगो स्यान्डिल बनेको छ । खबरअनुसार यो स्यान्डिलको मूल्य १ करोड ७० लाख डलर छ । आखिर किन यो यति महँगो भयो ?

खबरअनुसार उक्त स्यान्डिल बहुमूल्य हिरा र सक्कली सुनबाट बनाइएको हो । यसको एकजोर नमूनाका लागि गत बुधबार एक प्रदर्शनीमा सार्वजनिक गरिएको छ ।

एक थान तर यति महँगो स्यान्डिल बनाउन कति समय लाग्यो होला ? यो पनि भनिहालौं । यो स्यान्डिल बनाउन ९ महिना पूरा लागेको बताइएको छ । यो स्यान्डिललाई ‘दि प्यासन डायमन्ड शु’ नाम दिइएको छ । यसमा सयौं हिराका टुक्रासँगै हरेकमा दुईटा १५ क्यारेटका बहुमूल्य डि फ्ल लेस हिराको टुक्रासमेत प्रयोग गरिएको छ ।

यस्तो अचम्मको स्यान्डिल प्यासन ज्वेलर्ससँगको सहकार्यमा दुबईस्थित जाडा दुबई कम्पनीले बनाएको हो । तर, यसको डिजाइन भने इटालीमा भएको बताइएको छ ।

विश्वको एक मात्र सेभेन स्टार होटल बुर्ज अल अरबमा बुधबार यी जुत्ता लन्च गरिएको थियो । कम्पनीले यस्ता स्यान्डिल अझै बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!