ताप्लेजुङ । विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालमा चौथोपटक सफल आरोहण गरेका छेतेन टाँसी शेर्पा ले यसपटक केवल हिमाल मात्र चढेनन्, आफ्नो जन्मथलोको पहिचान पनि विश्वसामु पुर्‍याएका छन्।

ताप्लेजुङको हिमाली बस्तीबाट उठेका शेर्पाले कञ्चनजंघाको चुचुरोमा फक्ताङलुङ गाउँपालिका को झन्डा फहराउँदै आफ्नो गाउँ र समुदायको परिचय विश्वभर फैलाउने सन्देश दिएका हुन्। लगातार चारपटक एउटै हिमाल सफलतापूर्वक आरोहण गर्नु आफैंमा दुर्लभ उपलब्धि मानिन्छ।

कठिन मौसम, जोखिमपूर्ण हिमाली बाटो र चुनौतीपूर्ण परिस्थितिका बीच प्राप्त यो सफलता केवल व्यक्तिगत कीर्तिमान नभई नेपाली पर्वतारोहण क्षमताको अर्को उदाहरण बनेको छ। स्थानीयवासीका अनुसार हिमालमार्फत गाउँपालिकाको पहिचान विश्वसामु पुर्‍याउने उनको प्रयासले हिमाली पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक सन्देश दिएको छ।

डोरी टाँग्ने टोलीमा इम्याजिन नेपाल का नेतृत्वमा दावा ग्याल्जे शेर्पा, छेतेन टाँसी शेर्पा, सोहेल सेहजाद तथा एलिट एक्स्पिड का बुद्धबहादुर गुरुङ सहभागी थिए। टोलीले जेठ ५ गते साँझ ६:३० बजे हिमालको चुचुरोमा पाइला टेकेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!