-तरुण भारती

१४ मङ्सिर, ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सेवाग्राहीको कामकाजमा सहजीकरणको उदेश्य राखी कार्यालयभित्रै इ–पासपोर्ट फारम भर्न सुरुवात गरेको छ।

सेवाग्राहीले इ–पासपोर्ट फारम भर्न बिचौलियालाई प्रशासन कार्यालय बाहिरा तीन सय देखि त्योभन्दा माथिसम्म रकम तिर्नुपर्ने अवस्था थियो तर अब जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिचौलिया अन्त्य गर्नका लागि ई–पासपोर्टको फाराम निःशुल्क भर्ने व्यवस्था सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालयले ई–पासपोर्टको फाराम निःशुल्क भर्ने व्यवस्था गरेपछि सेवाग्राहीहरू खुसी भएका छन् । बाहिर तीन सयदेखि माथि लिने गरेकोमा कार्यालयले निःशुल्क रुपमा अनलाइनमार्फत फाराम भर्ने व्यवस्था शुरु गरेको हो ।

ई–पासपोर्टका लागि फाराम भर्न सेवाग्राहीले पाइरहेको झन्झट र बिचौलियालाई रकम तिरेर फाराम भराउनु पर्ने बाध्यतालाई तोड्दै सेवाग्राहीलाई छिटो छरितो चुस्त बनाएर लैजाने अभियानमा लागेकाले सेवाग्राही लक्षित काम शुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी टङ्क बहादुर भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार कार्यालय समयभित्र आफ्नै कर्मचारीद्वारा कोठा न. १५ मा सो फम भर्ने व्यवस्था मिलाइएको हो।

उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीले पाउने नागरिकता, राष्ट्रिय परिचय पत्र र पासपोर्टलाई छिटो र सहज ढङ्गबाट सेवा प्रवाह गर्ने गरी अघि बढेको जानकारी समेत दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!