श्रीमानले खुँडा प्रहार गरी श्रीमतीको ह त्या गरेका छन् ।
दाङको गढवा गाउँपालिका–२ का ४० वर्षीय धनीराम चौधरीले ४३ वर्षीय श्रीमती शिला चौधरीको खुँडा प्रहार गरी ह त्या गरेका हुन् । धनीरामले आइतबार बिहान खुँडा प्रहार गरी श्रीमतीको ह त्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द्र प्रसाद रिजालले जानकारी दिए । उनका अनुसार आपसी बिबादमा धनीरामले शिलामाथि खुँडा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
उपचारको लागि लमहीतर्फ ल्याउँदै गर्दा ११ बजेतिर उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।







