१८ वैशाख,काठमाण्डौ
इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठ र उनकी छोरी नवगायिका सुचिन्दा श्रेष्ठले हालै सम्पन्न योङ माइण्डस अवार्ड २०२१ को पछिलो संस्करणमा एकै स्टेजमा दुई फरक विधामा अवार्ड हात परेका छन ।

छोरी नवगायिका सुचिन्दा श्रेष्ठले सर्वोत्कृष्ट नव गायिका पप/लोकपपमा अवार्ड हात पारेकी हुन भने पिता इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठले ‘जाले रुमाल’ बोलको गीत मार्फत सर्वोत्कृष्ट लोक पप गायकको अवार्ड हात पार्न सफल भएका हुन ।

यो अवार्ड संसकरणमा सहोदर बाबु छोरिले एउटै मञ्चमा अवार्ड हात पार्दा अत्यन्तै गौरव लागेको बताउछन बीरेन्द्र श्रेष्ठ र सुचिन्दा श्रेष्ठ ।

एक सफल र सुखी जिन्दगी भन्दा खुसीमय जीवनको कल्पनामा लिप्त हुने, सबैको प्रिय, मधुर वाणी र ब्यबहारका धनी ईन्जिनियर तथा गायक बीरेन्द्र श्रेष्ठ आफ्नो ईन्जिनियरिङ अध्यन र सो पश्चात् करियर बनाउने शिलशिलामा जीवनको उकाली ओरालीमै हराँउदै वि. स. २०७१ सालदेखि मात्र बिधिवत रुपमा नेपाली साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका हुन । चर्चित सङ्गीतकार दिपक शर्माको शब्द सङ्गीतमा बनेको ‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट आफ्नो साङ्गीतिक जीवन यात्राा सुरु गरेका ई. बीरेन्द्रले यसै गीत मार्फत सर्बोत्कृष्ट लोकपप बिधामा ओ. एस. अवार्ड हात पारेका थिए ।

यससंगै इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठले ‘पिरिमको बाढी’ बोलको गीतबाट पुन: ओ. एस. अवार्डको अर्को संसकरणमा दोस्रो पटक अवार्ड हात पार्न सफल भएका थिए । योङग माइण्ड्स अवार्डको दुईबर्ष अगाडि भएको संसकरणमा ‘पृथक धारमा सफलता हासिल गरेका ब्यक्ति, नेपाली सङ्गीतमा समेत ठूलो योगदान दिने व्यक्तित्वको बिधामा सम्मन पाएका थिए । केही समयअघि तेजस्वी कला केन्द्र एण्ड मिडियाले आयोजना गरेको डान्स च्याम्पियनशिप तथा विशिष्ट कलाकार सम्मानमा सांगितिक क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको लागि पनि ‘विशिष्ट सम्मान’बाट पनि सम्मनित भएका थिए । त्यस्तै मोडेल सङस अवार्ड २०१८ मा ‘बेस्ट लोक पप सिङगर’बाट सम्मानित भएका थिए । त्यसपछी उनले दर्जनौ लोकप्रिय गीतहरु मार्फत दर्शक श्रोताको मन जित्दै आएका छन ।

केही बर्ष अघि मात्र सामान्य सौखले सुरु गरेको गायन यात्रामा एकपछि अर्को गीतहरु दर्शक श्रोताले मन पराईदिनु भएको र आउन लागेका केही गीतहरु ईनाक्सी ईन्टरटेन्मेन्ट युट्युब च्यानलबाट रिलिज हुने र निकै अपेक्षा समेत राखेको बताउछन गायक ईन्जिनियर बीरेन्द्र श्रेष्ठ ।

आफ्नो बाबुको सङ्गीत मोहलाई पछ्याउदै उनकै प्रेरणाबाट छोरी सुचिन्दा श्रेष्ठले पनि ४ वर्ष अघि ‘एक चोटि आइदेउन’ बोलको गीत रेकर्ड गराएर सांगितिक क्षेत्रमा आफ्नी पहिलो पाईला अगाडि बढाएकी थिईन । ४ वर्ष अगाडि रेकर्ड गरेता पनि डेढबर्ष अगाडि मात्र सो गीतको भिडियो बनाएर हाईलाइट्स नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो । सोही गीत मार्फत योङ्ग माइण्ड्स अवार्डमा नवगायिका सुचिन्दा श्रेष्ठले सर्वोत्कृष्ट नव गायिका पप/लोकपपमा अवार्ड हात पारेकी हुन । वेष्टर्न पप जनरामा अव्वल लाग्ने स्वर भएकी गायिका सुचिन्दा आफुभन्दा अव्वल रहेको बताउँछन् उनका पिता बीरेन्द्र ।

आफ्नो स्कुलको भवन निर्माण गर्न देउसीभैलो कार्यक्रममा लिड गायकको भुमिका निर्वाह गर्दा गर्दै म्युजिकको उत्कण्ठा बसेको बताउछन बीरेन्द्र भने घरमा भएको साङ्गीतिक माहौल र आफुलाई पनि म्युजिक अत्यन्तै मनपर्ने र अत्यधिक अङ्ग्रेजी गीत सुन्ने बानीले आफुलाई गीतको मोह बसेको गायिका सुचिन्दाले बताईन ।

सानै उमेरदेखि पढाई अनि कला क्षेत्रमा अव्वल सुचिन्दा श्रेष्ठले आफ्नो माध्यमिक तहको शिक्षा अर्थात एस्ईई लेभलको अध्यन बुढानिलकण्ठ स्कुल, काठमाडौंबाट गरे लगत्तै ‘ए’ लेभलको अध्ययन रातो बङ्गाला स्कुलबाट गरेर हाल काठमाडौं बिश्वबिद्धालयबाट बि बि ए तेस्रो बर्षमा अध्यनरत छिन । स्कुल लेभलको अध्यनको क्रममा बुढानिलकण्ठ स्कुलमा प्रत्येक बर्ष ‘बेस्ट डान्सर’ को ताज पहिरिने गरेको र कल्चर क्याप्टेन समेत भएको साथै काठमाण्डौ बिश्वबिद्धालयमा ‘मिस फ्रेसर’को उपाधि समेत हात पारेकी गायिका सुचिन्दा श्रेष्ठ गायन अनि पढाइमा मात्र नभई खेलकुदमा समेत आफुलाई अव्वल सावित गर्दै राष्ट्रपति रनिङ शिल्डमा विभिन्न बिधामा गोल्ड मेडल समेत पाएको बताउछन उनकि आमा ईन्जिनियर मानोलाक बुफाश्री श्रेष्ठ, जो ईन्द्रावती तेश्रो जलविद्युत केन्द्रको प्रमुख छिन, उनको माईती यानेकी बीरेन्द्रको ससुराली/ सुचिन्दाको मावली लाओस हो । बीरेन्द्र र मानोलाक दुबै ईन्जिनियरिङ अध्ययनको शिलशिलामा युरोपमा भेट भएका हुन भने हाल उनीहरु दुबै जलविद्युतको क्षेत्रमा कार्यरत छन ।

अम्बिका गुरुङ्गको शब्द, अमन प्रधानको सङ्गीतमा रेकर्ड भई भिडियो बन्ने क्रममा रहेको सुचिन्दाको अर्को नयाँ गीत छिट्टै नै रिलिज हुँदैछ भने बीरेन्द्रको पनि नयाँ गीत र भिडियोहरु रिलिज हुने क्रममा छन ।
Tej Nepal Network

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!