१९ वैशाख, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका सहितका क्षेत्रमा सोमबारदेखि निषेधाज्ञा लागु गरिने भएको छ । पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा फैलिएकाले रोकथाम र नियन्त्रणका लागि फुङलिङ नगरपालिका र आसपासका क्षेत्रलाई समेटेर निश्चित क्षेत्रमा निषेधाज्ञा लागु गरिने भएका हो ।

फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने, फक्ताङलुङ गाउँपालिका–३ मा पर्ने लिङ्खीम वारी फुरुम्बु क्षेत्र, सिकैचा वारी फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथीभरा याङ्वरक गाउँपालिका जाने बाटो कामीडाँडा र काबेली खोलाको चार किल्ला भित्र वैशाख २७ गते सम्म निषेधाज्ञा गरिने भएको हो ।

आईतबार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको वैठकले निषेधाज्ञा गर्ने निर्णय गरे पछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको अवधिभर अत्यावस्यक काम बाहेक घर बाहिर नजान, सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, भेला, सभा सम्मेलन, भोज लगायतका भिडभाड हुने गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध समेत गरेको छ ।

यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, विमा एवम राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी संस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरी सम्वन्धित माथील्लो तहको स्वीकृति लिई आलोपालो सेवा दिन साथै अत्यावस्यक बाहेकका सेवा हाललाई स्थगित गर्न समेत अनुरोध गरिएको छ । ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या २१ रहेको छ भने ३ जनाको संक्रमणकै कारण ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!