ताप्लेजुङ, वैशाख १९ गते । ताप्लेजुङमा पनि सोमबार राति १२ बजेबाट निशेधाज्ञा लागु गर्ने तयारी गरिएको छ ।

कारोना भाइरस (कोभिड १९) तिव्र गतिमा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै निशेधाज्ञा जारी गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार जसका लागि आवश्यक छलफल गर्न कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिको बैठक समेत बोलाइएको छ । वैठकमा समन्वय समितिका प्रमुख, फुङलिङ नगरपालिकाका मेयर, तीन वटै सुरक्षा निकायका प्रमुखहरु, उद्यागेग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थितिमा निषेधाज्ञा लागु हुने या नहुने भन्ने विषयमा टुङगो लाग्ने प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि ताप्लेजुङमा शनिबार एकै दिन २ जनाको निधन भएको थियो । कोरानोबाट ताप्लेजुङमा निधन हुनेको संख्या ३ पुगेसँगै स्थानियहरु त्रसित भएका हुन् । भिडभाडबाट नै भाइरसको संक्रमण् सर्ने सम्भावना उच्च भएकाले निशेधाज्ञाको तयारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!