१८ वैशाख, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ५ का कोरोना संक्रमित भक्तिमाया तुम्बाहाम्फे लिम्बूको मृत्यू भएको छ ।

विर्तासिटी अस्पतालबाट शुक्रबार घर फर्किएकि ८५ वर्षिय लिम्बूको गएराती संक्रमणका कारण मृत्यू भएको हो । मुटुको समस्याका कारण केहि दिन अघिदेखि विर्तासिटीमा उपचाररत लिम्बूलाई विहिबार संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखिए पछि परिवारले होम क्वारेन्टाईनमा राख्ने भन्दै शुक्रबार घर ल्याएका थिए । मृतक लिम्बूको आज नै परिवार सदस्यले दाहसंस्कार गर्ने भएकाछन् । दाहसंस्कार गर्नका लागि मृतकका आफन्त तथा परिवारका ४ जनालाई पिपिई उपलब्ध गराईने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो ।

संक्रमणबाट मृत्यू भएकाको सव व्यवस्थापन नेपाली सेनाले नै गर्नु पर्नेमा परिवारलाई नै जिम्मा लगाउनु लापरबाहि भएको भन्दै स्थानीयले गुनासो गरेकाछन् । यसले थप संक्रमण फैलिने जोखिम भएको भन्दै स्थानीयले गुनासो गरेकाहुन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!