१६ बैशाख, ताप्लेजुङ।
प्याब्सन ताप्लेजुङमा आबद्ध रहेका चार ओटा बिधालयको बार्षिक परिक्षा स्थगित भएको छ। अक्सस्फोर्ड आवासीय मा बि, मेची सेन्ट मेरिज आवासीय मा बि, ताप्लेजुङ सिद्दार्थ एकेडेमी र तमोर अङ्ग्रेजी स्कुलको परीक्षा स्थगित भएको प्याब्सन प्रदेश न.१ का सह- कोषाध्यक्ष दिनेश प्रसाईं (डोलेस्वर) ले जानकारी दिनुभएको छ।
ताप्लेजुङमा हाल फैलिरहेको कोरोना भाइरस महामारीको दोस्रो चरणको अवस्थालाई मध्यनजर गर्दै साथै सम्पुर्ण अभिभावकको परीक्षा सार्ने तिब्र मागका कारण परिक्षा स्थगित गर्नु परेको प्रसाईंको भनाइ रहेको छ। स्थगित परिक्षा भने कक्षागत समय मिलाएर बैशाख २६ गते आइतबारबाट सुरक्षा मापदण्डसहित गरिने छ। उता नगर स्तरीय कक्षा ८ को परिक्षा भने तोकिएको समय तालिका अनुरुप नै संचालन हुने प्रसाईंले जानकारी दिनुभएको छ।
हाल ताप्लेजुङमा एकै पटक १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ।







