एजेन्सी। ३९ वर्षीय युवक डीन डायरमाथि शारीरिक सम्बन्ध राख्नुभन्दा २४ घण्टाअघि प्रहरी र सम्बन्ध राख्ने महिलालाई जानकारी दिन बेलायतको एक अदालतले आदेश दिएको छ । १४ वर्षीया बालिकासँग शारीरिक सम्बन्ध राख्ने कोसिस गरेको सहित अन्य सातवटा यौन अपराधको आरोप लागेका ती युवालाई मअत्यावश्यक कामबाहेक डायरलाई महिलासँग बोल्न पनि प्रतिबन्ध लगाएको छ ।
एक पार्टीमा महिलालाई गलत तरिकाले छोएको र प्रतिकार गर्दा बलात्कार गर्ने धम्की दिएको आरोप पनि उनीमाथि लागेको छ । विभिन्न यौन अपराधका आरोप लागे पनि अहिलेसम्म कुनै पनि आरोप पुष्टि भएको छैन ।
अदालतले युवकका विरुद्ध परेका विभिन्न आरोपहरू हेरेपछि उनलाई ‘सेक्सुअल रिस्ट्रेन्ट अर्डर’ थमाइदिएको डेलिमेलको रिपोर्टले जनाएको छ । बेलायतमा ‘सेक्सुअल रिस्ट्रेन्ट अर्डर’ एक फौजदारी आदेश हो । दोषी सावित नभएको तर उक्त व्यक्तिबाट समाजलाई खतरा हुने सम्भावना रहेको अवस्थामा बेलायतमा यस्तो आदेशको प्रयोग गरिन्छ ।







