१२ वैशाख, ताप्लेजुङ ।

कोभिड–१९ को संक्रमण बढ्दै गएपछि फुङ्लिङ नगरपालिकामा नगरपालिकाले नगरभित्रका शैक्षिक संस्थाहरु ४ दिनसम्म बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकामा आइतबार बसेको बैठकले आइतबारदेखि नै लागू हुनेगरी विद्यालय, कलेज, होस्टेल, ट्युसन सेन्टर, तालिम केन्द्रहरु अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

तर वैशाख १७ गतेबाट भने सबै विद्यालयहरुमा २०७७ सालको बार्षिक परीक्षा आवश्यक कोभिड मापदण्ड अपनाएर संचालन हुने फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले कंचनजङ्घा न्यूजलाई जानकारी दिनुभएको छ । बार्षिक परीक्षा भने बैसाख २३ गते भित्रमा सिध्याएर विद्यालय बन्द गर्नु पर्न मेयर प्याकुरेलले बताउनुभयो ।

बैठकले नगरमा सञ्चालित सम्पूर्ण हाटबजारहरु तत्काल बन्द नगराउने तर सामाजिक दुरी कायमका साथमा माक्सको प्रयोग अनिवार्य गर्नु पर्ने, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थानमा मानिसको जमघट हुनेगरी कुनै पनि कार्यक्रम नगर्ने÷नगराउने,बैंक, वित्तीय संस्था, सहकारी, पसल, व्यवसाय, होटल सञ्चालन गर्दा जनस्वास्थ्यका आवश्यक साधनसहित मापदण्डलाई पूर्णरुपमा परिपालना गराउने निर्णय गरेको छ ।

विवाह, ब्रतवन्ध, अन्तिम संस्कार जस्ता अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु २५ जनाको उपस्थितिमा निर्धारित मापदण्डको पालन हुने गरी मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!