पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका ३ जना नर्भिक अस्पताल भर्ना भएका छन् । उनीहरु शनिबार दिउँसो १ बजे थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।
अस्पतालका अनुसार अस्पताल भर्ना हुनेमा पूर्वराजा ज्ञानेन्द्र सहित पूर्वरानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा रहेका छन् ।

‘कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ’, अस्पतालले भनेको छ, ‘उहाँहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।’

केही दिनअघि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!