काठमाडौँ । एमाले अध्यक्ष ओलीले सांसदबाट समेत हटाउने गरी स्पष्टीकरण सोधे पछि खनाल नेपाल समूहले सांसदहरुको आकस्मिक बैठक बोलाएको छ ।अहिले अर्याल होटलमा नेता तथा सांसदहरु जम्मा भएर बैठक शुरु भएको छ ।
पार्टी अनुशासन उल्लंघन गरेको भन्दै एमालेले माधव नेपाल र झलनाथ खनालसहित २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेको थियो । कांग्रेसको नेतृत्वमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी हुँदा नेपाल पक्षले ुफ्लोर क्रसु गर्न सक्ने आशंका पछि एमालेले २७ सांसदलाई स्पष्टीकरण सोधेको छ ।
संघीय सांसदलाई पठाइएको पत्रमा छुट्टै राजनीतिक दलको अभ्यास गरेको भन्दै ुतपाईंलाई संघीय संसद् सदस्यबाट किन नहटाउने ? भनेर सोधिएको छ ।
स्पष्टीकरण सोधिनेमध्येमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरु, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, मुकुन्द न्यौपाने छन् ।







