मैले भोकलाई नै निलेर अघाउन सिकेको छु
निन्द्रालाई नै बिच्छ्याउना बनाएर आराम लिन सिकेकोछु आगो ओकल्ने घामले निकालेका पसिनाको सितलता ताप्न सिकेकोछु
नटुङिने यात्रामा कहिल्यै नथाकी निरन्तर हिडिरहने म एक यात्री
भोक,प्यास, निन्द्रा, थकान जीवन जीउने दर्बिला आधारहरु झोला भरी बोकेर हिडिरहने म एक नथाक्ने यात्री
म मेरा एकादेशका खुशी र सुखहरु प्रत्येक दिन सम्झन्छु र सधै ताजा बनाई रहन्छु
मेरी आमाको झुल्के घाम जस्तै मुस्कुराएको मुहार र बा को दर्बिलो आवाजलाई उस्तै राख्ने प्रयास गर्छु
घरी घरी बा र आमाको जीवन संघर्ष कथा पल्टाउन लगाउछु, चुपचाप सुन्छु,सायद अन्त्य नभई बिश्राम गराउन म जुरुक्क उठ्छु,
मेरो सबै भोक, प्यास, निन्द्रा ,थकान एक साथ बिलीन हुन्छ
बा आमाको बास्तविक जीवन काथाले मन भक्कानिन्छ, रुन्छ तर हास्छु र मेरो जीवनलाई ति कथाका पात्रहरुको एउटा भूमिकामा जोड्छु र म जीवनको नटुङगिने यात्रामा हिड्छु, हिडिरहन्छु ,कहिल्यै नथाकि हिडिरहने एक यात्री ……………………………………..हिडिरहने ……………………..
नवराज आचार्य
फुङ्लिङ- ६, ओख्रे, ताप्लेजुङ।







