देवराज गुरुङ नेतृत्वको ६९ सदस्यीय जम्बो टोली,देश विदेशबाट पत्याउँदा २३ लाख नाफा

भदौ ५ गते । भदौको पहिलो साता । झरि रोकिएको थिएन् । बजारमा लाखेनाचको रौनक बढ्दै थियो । तर अधिकाँशको चासोचाहिँ फुटबल नै थियो । किनकी फुटबल हुन्छ वा हुँदैन भन्नेमा अन्यौल थियो । लाखेजात्रामा लाखेनाच र फुटबलमध्ये कुनै एक नहुँदा नुन विनाको तरकारी जस्तै भयो भनेको ३ वर्ष वितेको थियो । २०७७ र २०७८ मा कोबिड र २०७९ मा मैदान अभावले खेल हुन सकेन् । तर यो वर्ष पनि मैदानकै समस्या थियो । श्री भानु जन माविको मैदानको एकापट्टि फिलिङ गरेको माटो थियो । वर्खेझरिले पाकेको माटोमा खुट्टा डुब्थ्यो । इमान्दारीपूर्वक भन्ने हो भने मैदानकै कारण कसैले हिम्मत गर्न सकेका थिएनन् । अधिकाँशमा फुटबल हुँदैन भन्ने नै थियो । वडा वा गाउँपालिकास्तरीयसम्म खेल आयोजना गर्ने भन्ने हल्लाचाहिँ यदाकदा सुनिन्थ्यो । तर भदौ पहिलो हप्तातिर । असम्भवलाई सम्भव तुल्याउन कम्मर कसे,यूवाहरु । साँघुरो समय सुविधाका बावजुद वहाना होइन,स्प्रष्ट कार्यक्रमसहित प्रतियोगीता गर्न चट्टानझै खडा भए । नेतृत्व गर्न तयार देखिए,देवराज गुरुङ । उनी पूर्व फुटबल खेलाडी पनि हुन् । पेसाले सक्रिय पत्रकार र मानवअधिकारकर्मी । जिल्लाबासीमाझ परिचित अनुहार पनि । अझ भनौ,अहिलेसम्म कुनै पनि विवादमा नपरेका व्यक्ति । त्यही भएर सागसब्जी बेच्नेदेखि ठूला कम्पनीले समेत आर्थिक सहयोगको ग्रिन सिंग्नल दियो । समितिका अग्रज,पूर्व र वर्तमान खेलाडी,रेफ्री,विभिन्न खेल सँघ,राजनीतिक दल,जनप्रतिनिधि,राष्ट्रसेवक कर्मचारी,प्रशासन,व्यवसायी, र देश विदेशबाट पाएको मायाले खेल आयोजना गर्न समितिलाई ठूलो ढाडस मिल्यो । गुरुङको नेतृत्वमा ६९ सदस्यीय जम्बो टोलीको समिति गठन भयो । सुरुमा ४३ सदस्यीय थियो । तर ६१ वटा वडाको कम्तीमा एक जनालाई सदस्यमा राख्न धेरैले सामाजिक संञ्जालमा सुझाव दिए । समितिले थप गरेर ६९ सदस्यीय बनाउन ढिला गरेन । तैपनी हामी सदस्यमा बस्न पाउनुपर्छ भन्नेको लर्को थियो । समितिका ६९ जना नै समाजमा पत्याउने अनुहारका थिए । समितिमा नभएतापनि समितिमै भएझैगरि सघाउनेको संख्या पनि उत्तिकै थियो ।

भदौ ३ गतेको बैठकमा गुरुङ नेतृत्वको टोलीले खेल गर्न सम्भव÷असम्भव सम्बन्धि एउटा ड्राफ्ट समिति समक्ष पेश गर्यो । ड्राफ्टमा लागत खर्च ४७ लाख बढि थियो । फेरि भदौ १४ गतेदेखि फुटबल गर्नका लागि समय सुविधा ११ दिन मात्र थियो । त्यही भएर प्रपोजल तयार गरि पेश गर्न,सहयोग जुटाउन,मैदान तयार गर्न,प्याराफिट बनाउन,टिम छनौट गर्न,डकुमेन्टेशन गर्न,आन्तरिक काम गर्न,जिम्मेवारी बाँडफाँड गर्न र स–साना खुद्रा कामदेखि लविङ गर्नका समय अभाव थियो थियो । साँच्चै भन्ने हो भने गर्नुपर्ने काम सुन्दैगर्दाखेरि अत्याउने गरिको थियो । जब गुरुङ नेतृत्वको समितिले खेल आयोजना गर्ने भन्दा सबैले भन्थे,‘आर्थिक र भौतिक सहयोग जुटाउन सक्ला । तर मैदान तयार गर्न सक्दैन् ।’ अझ भनौ भदौ १० गतेसम्म मैदानको आकार परिवर्तन भएकै थिएन् । मैदानभित्र जेसिबी र स्काफ भेटर तथा लोडर थियो । अनि समितिका मान्छे र शुभेच्छुकहरु । दायाँ बायाँ बासका प्याराफिट बनाउने कामदार ।

यता आर्थिक सहयोग जुटाउन भदौ ६ गते खोलिएको लक्ष्मी सनराईज बैंकस्थित खातामा न्यून रकम जम्मा भएको थियो । भदौ १० गतेसम्म हरेकको अनुहार मलिन थियो । तैपनी समितिका हरेकले भनिरहेका थिए,–फुटबल हुन्छ । अपवाद स्वरुप केहीले भन्थे,‘फुटबल त हिलोमा गर्ने नै भए । जिल्लाकै वेइज्जत हुने भयो ।’ तर नेतृत्व र समितिप्रति सिंगो समाज सकारात्मक थियो । नगद सहयोग गर्नेको विवरण क्षण–क्षणमा ताप्लेजुङ गोल्डकप पेजमा आउँथ्यो । बैङमा पैसा जम्मा नभएपनि खोजी–खोजी गएर आयोजकलाई नगद नै बुझाएको फोटोले आर्थिक समस्या छैन भन्ने झल्को दिन्थ्यो । फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले ५ लाख रुपैयाँ कार्यपालिका बैठकबाट निर्णय गराएर दिने बचनले समितिलाई ठूलो ढाडस मिल्यो । आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन पोमू र मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले सामाजिक संञ्जालमै बधाई दिएर खेल आयोजना गर्न प्रेरित गर्यो । फुटबललाई नजिकबाट नियालेका एमालेका उपसचिव मणि पोमूदेखि प्रदेश सांसद खगेनसिंह हाङगाम, अग्रज खेलाडीहरु अम्बर श्रेष्ठ,अनन्त भट्टराई,यादब श्रेष्ठ र भलिबल पिता तेजप्रता सुब्बा र कृष्ण चोङवाङले समेत समितिलाई विश्वास गर्यो । असल नियतले सुरुवात भएको कामको अन्त्य पनि असल परिणामसहित हुन्छ भन्ने भावना बोकेकाको मनोबल बढ्नेगरि भदौ ११ गतेदेखि मौसमले पनि साथ दियो । अझ भनौ,प्रकती अनुकुल बन्न थाल्यो । भदौ ११,१२ र १३ गतेको दिनलाई आयोजकले साँच्चिकै खेल गर्न लायक मैदान बनाएरै छाडे । अध्यक्ष गुरुङले भने,‘हामीले भोक भनेनौ । न त झरि नै भन्यौ । न त निन्द्रा नै । न त तनाव । एकहोरो फुटबल मात्र भन्यौ ।’ कतिपयले त मैदानको दृश्यलाई टिक टकमा समावेश गरे । भदौ १३ गते मैदानमै पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा गुरुङले भने,‘यो ताप्लेजुङ हो । यहाँ एकता छ । फुटबल क्रेज छ । फुटबल गर्ने तागत छ ।’ उनले भनेझै त्यो लोभलाग्दो एकता देखियो । त्यति मात्र कहाँ हो र ? पत्यारिलो नेतृत्वसहितको टिम र स्प्रष्ट भिजन भए जुनसुकै काम असम्भव छैन भन्ने पुष्टि गरिदियो । पाँचथरका अफिसियल तथा खेलाडीका अनुसार यो वर्षको मैदान २०४९ सालयताकै राम्रो हो । काबेली र गुप्तेदेखि ल्याएको डस र बालुवाले बनेको मैदान साँच्चिकै खेल्न लायक बन्यो । भुँईमा लडेर कुनै पनि खेलाडीले चोट बोक्नु परेन् । कोशी प्रदेश फुटबल सँघका महासचिव भगिरथ आले (मामा) का अनुसार यस पटक आयोजकले गज्जबै गर्यो । आलेले भने,‘भदौ १० गतेसम्म सामाजिक संञ्जालमा फोटो हेरेर नर्मश नै थिए । तर ११ र १२ गतेको कामले कहिले ताप्लेजुङ पुगौ भन्ने लाग्थ्यो ।’ फुटबल बुझेको मान्छेले नेतृत्व गर्दाको नतिजा कति फरक हुन्छ भन्ने सावित गर्यो । स्टेजमा प्रतिनिधिसभा सदस्य डा.तोषीमा कार्की,डिपी अर्याल,लीलादेवी बोखिम,प्रदेश सांसद खगेनसिंह हाङगाम, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पत्नी तथा पूर्व मन्त्री हिसिला यमी,पूर्व मन्त्री बल वहादुर साम्सोहाङ,जिल्ला समन्वय समिति प्रमूख छिरिङ लामा,नगरप्रमूख तथा गाउँपालिका अध्यक्षहरु,प्रमूख जिल्ला अधिकारी र सामाजिक व्यक्तित्वको उल्लेख्य सहभागीताले स्टेज गहकिलो त बन्यो नै । सबैलाई कुर्सी व्यवस्थापन गर्न आयोजकलाई हम्मे–हम्मे पर्यो ।

बरिष्ठ उपाध्यक्ष प्रकाश मादेन र उपाध्यक्षहरु अशोक थेबे,डिल्ली गुरुङ,हर्कराज सुनुवार र महिला उपाध्यक्ष स्वेच्छा गुरुङ,सहसचिव कुलदिप मादेन,कोषअध्यक्ष निरोज श्रेष्ठ र सहकोषअध्यक्ष सन्तोष गुरुङले कामको जिम्मेवारी बाँड्यो । सदस्यहरुलाई विभिन्न उपसमितिमा समावेश गर्यो । बरिष्ठ उपाध्यक्ष प्रकाश मादेन र उपाध्यक्ष डिल्ली गुरुङ भन्छन्,‘नेतृत्वले रचनात्मक तरिकाले हामीलाई परिचालन गर्यो । नेतृत्व चुक्ने खतरा हुँदा हामीले दिएको सल्लाहलाई पनि तत्कालै करेक्सन गरिहाल्थ्यो ।’ होटल र यातायात सम्बन्धि जिम्मेवारी लिएका कमल लेछर्बो र जीवन इवारामले विगतभन्दा यसपटक फरक शैलीमा काम गर्न पाएको अनुभव सुनाए । समितिका सदस्य प्रकाश भट्टराईले भने,‘याम कुमार गुरुङ (गोरे) दाईको समन्वयमा समितिमा काम गर्न अवसर मिल्यो । त्यो भन्दापनि देवराज दाईसँग काम गर्दाको मज्जा नै बेग्लै भयो । किनकी धेरै सिक्यौ ।’ सदस्य ग्रीस्मा सामेखाम लिम्बुले भनिन्,‘देवराज दाईको कुरा सुन्दा कस्तो सुनौ–सुनौ लाग्नेगरिको हुन्थ्यो । हरेक कुरामा स्ट्रोङ मेसेज हुन्थ्यो ।’ लाखेजात्रा संञ्चालन समितिको अध्यक्ष भएर काम गरिसकेका अग्रजद्धय नारायण थापा र युगराज गुरुङको मीठो साथ पायो । बेलायतमा रहेका मोती कुमार पतङवाको पनि सल्लाह र साथ पाए । थापाले भने,‘यो वर्ष फुटबल हुनेमा म आफै पनि कन्फ्यूज थिए । जब देवराज जीको टिमले आँट गर्यो । खेल हुँदैन होइन,हुन्छ भन्दै सहयोग गर्न पछि परिन् ।’ समिति उपाध्यक्ष हर्कराज सुनुवारले भने,‘हामीसँग वहाना थिएन् । बरु स्प्रष्ट कार्यक्रम थियो ।’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमूख यज्ञनीधि पौडेल भन्छन्,‘नेतृत्व र टिमले कुन हदसम्म विवेक पुर्याएर खेल गर्यो भन्नेमा जानकार छु । त्यो सिप आरिस लाग्नेगरिको छ । त्यतिको सिप र गुण नभएको हुँदो हो त फुटबल गर्न पटक्कै सम्भव थिएन् ।’ समितिले फाइनलको दिन दर्शक उभिने ठाउँ नहुँदा पनि प्रवेश दिएर त्रुटी गर्यो । जतिले टिकट काट्यो,त्यति नै संख्यामा दर्शक थिए । टिकट नकटाइएको हो कि कटाउन नसकेको ?

दावा शेर्पा,दिनेश खवास,विजय मादेन,सागर मादेन,चन्द्र थेबे,मनोज गुरुङ,बाल कुमार साँवा,राकेश गुरुङ,पदम गुरुङ,प्रकाश लामा,विरु मोक्तान,सजन पौडेल,याम कुमार गुरुङ (गोरे) र मनमणि काफ्ले लगायतले आर्थिक संकलन गर्नदेखि मैदानसम्मकै काममा सहयोग गरे । दिलीप राई,शिला इजम र भिमा मादेनले वुवा आमाको नाममा आर्थिक सहयोग नै दिए । डकुमेन्टेशनको काममा कार्यालय सचिव भुपेन गुरुङ र स्यंमसेवक परिचालनमा पुर्ण गुरुङले साथ दिए । स्टेज कार्यक्रम सचिव टिकेन्द्र नेपाली र सदस्य किपा शेर्पाले सम्हाले । कोषअध्यक्ष निरोज श्रेष्ठ र सहकोषअध्यक्ष सन्तोष गुरुङले भने,‘हामीले विल भर्पाई सुरक्षित राखेका छौ । ताकि जुनसुकै बेला हेर्न सकियोस ।’ समितिलाई सहयोग गर्ने व्यक्ति र संस्थाको नाम मिडियाबाट सार्वजनिक गर्न पाएकोमा आयोजकले खुसी महसुुस गरेको छ । क्यान्सर पीडित फुङलिङ नगरपालिका–५ का नन्द कुमार तामाङलाई ६१ हजार रुपैयाँ समेत सहयोग गरेको थियो । झापा र ताप्लेजुङका भेट्रान खेलाडीबिचको मैत्रीपूर्ण खेलमा संकलन भएको क्रमशः तीस हजार र दश हजार, आयोजकले सोह्र हजार र अध्यक्ष गुरुङले व्यक्तिगत पाँच हजार गरि उक्त एकसठ्ठी हजार रुपैयाँ उपचारका लागि सहयोग गरेको हो । निजामति दिवसको अवसरमा जनप्रतिनिधि र कर्मचारी (महिला पुरुष दुवै) फुटबल प्रतियोगीताको सहजीकरण गरेको थियो । स्लो बाइक रेस प्रतियोगीता मैदानमा गर्न पाएकोमा स्थानिय सुमन कुरुम्बाङले आयोजकप्रति खूसी प्रकट गरे ।
गत भदौ १४ गतेदेखि २० गतेसम्म सम्पन्न ताप्लेजुङ गोल्डकप २०८० मा करिब २३ लाख रुपैयाँ आम्दानी भएको विहिवार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्यो । आयोजक लाखेजात्रा संञ्चालन समिति र फुटबल सँघद्धारा विरेन्द्रचोकमा आयोजित पत्रकार सम्मेलनमा २३ लाख बढि आम्दानी भएको जनाएको छ । प्रतियोगीतामा टिकट विक्री तथा सहयोगसहित ७३ लाख २४ हजार ७ सय ८५ रुपैयाँ (स्थानिय तहबाट रकम स्विकृत भएर भुक्तानी हुन मात्र बाँकी सहित) आम्दानी संकलन गरेको थियो । ७ खेलको टिकट विक्रीबाट मात्र १८ लाख ७६ हजार ६ सय रुपैयाँ आम्दानी गरेको थियो । बाँकी रकम देश विदेशबाट सहयोग प्राप्त भएको हो । तीमध्ये ४९ लाख ८७ हजार १ सय ३७ रुपैयाँ खर्च भएको समितिका कोषअध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए ।
हाल लक्ष्मी सनराईज बैंकमा ८ लाख ५८ हजार ६ सय ४८ रुपैयाँ छ । फुङलिङ नगरपालिका नगर कार्यापालिका बैठकबाट स्विकृत ५ लाख रुपैयाँ,पाथीभरा याङवरक गाउँपालिकाबाट १ लाख,सिदिङमा गाउँपालिकाबाट ५० हजार,सिरीजङगा गाउँपालिकाबाट १ लाख,मिक्वाखोला गाउँपालिकाबाट १ लाख ५१ हजार,आठराई त्रिवेणी गाउँपालिकाबाट १ लाख र पक्ताङलुङ गाउँपालिकाबाट १ लाख सुनिश्चित गरेको छ । तथापी गाउँपालिकाले दिने रकममा नेपाल सरकारको नियमअुनसार कर कट्टि गर्ने भएकाले केही रकम कम हुन सक्छ । अधिकाँश गाउँपालिका अध्यक्षले भानु जन माध्यमिक विद्यालयको खेलमैदानस्थित स्टेजबाट नै रकम घोषणा गरेका थिए । स्थानिय तहमा सुरुवातमा परियोजना प्रस्ताव र कार्य सम्पन्न प्रतिवेदन समेत बुझाईसकेको कोषअध्यक्ष श्रेष्ठले बताए । कतिपय पालिकामा नयाँ प्रमूख प्रशासकीय अधिकृत आउने क्रममा रहेको र बजेट अख्तियारी पाउन बाकी रहेकाले तत्काल भुक्तानी पाउन बाँकी रहेको हो । गाउँपालिकाले तत्कालै स्विकृत रकम समितिको खातामा जम्मा गर्ने प्रतिबद्धता जनाएको छ । नगरपालिकास्थित ११ वटै वडाअध्यक्षबाट एकमुष्ट १ लाख १० हजार बुझाउनेगरि रकम सुनिश्चित गरेको वडा नं. ५ का वडाअध्यक्ष सोजित श्रेष्ठले जानकारी दिए ।

बैंक मौज्दात र माथि उल्लेखित आउन बाँकी रकमसहित कुल जम्मा हुने रकम ताप्लेजुङस्थित कुनै एक बैंकमा १ वर्षे मुद्धतीमा फिक्स डिपोजिट गर्ने सर्वसम्मत निर्णय पारित गरेको कोषअध्यक्ष निरोज श्रेष्ठले बताए । आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन पोमू,मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेम र पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशर कुमार मेन्याङवोले मन्तव्यमै घोषणा गरेको रकम हो । अध्यक्ष गुुरुङले भने,‘मेरो नेतृत्वमा बनेको समितिलाई ताप्लेजुङ गोल्डकप गर्ने जिम्मा थियो । त्यो पुरा गर्यौ । अब आउँदो वर्ष अर्कैले नेतृत्व गर्नुपर्छ ।’ संस्था जिवित हुन्छ । पात्र मात्र फेरिन्छ । हरेक संस्था नेतृत्व उत्पादन गर्ने थलो हुनुपर्ने बताउँदै आएका गुरुङ नेतृत्व हस्तान्तरण गर्न आतुर देखिएका छन् । यतिसम्मकी बोलेको बचन र वैठक निर्णयअनुसार आय व्यय पारित भएसँगै भदौ ४ गतेको बैठकमै राजिनामा कुरा उठाए । तर सबैले राजिनामाको विषय अस्विकार गरे । अन्ततः ११ दिनको तयारीमा फुटबल पनि भयो । करिब २३ लाख बढि नाफा पनि गर्यो । अब अर्को साल फुटबल हुन्छ कि हुँदैन भन्ने अन्यौलको पनि अन्त्य गर्यो । आयोजकले फुटबल सफल हुनुको श्रेय जिल्लाबासी र देश विदेशमा रहेका सहयोगदातालाई दिएको छ । आयोजकले सदरमकुामको मुटु विरेन्द्रचोकमा उभिएर भनेको छ,–फुटबल तपाईहरुकै सहयोगमा सम्भव बन्यो । सफलताको श्रेयको हकदार तपाईहरु नै हो । कमी कमजोरी सच्याउने प्रतिबद्धता चाहिँ हाम्रो हो ।

केहि तस्विरहरु ः

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय