२२ असोज, ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा अवस्थित नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्ने दर्शनार्थीको चाप हृवातै बढेको छ । हिन्दुहरुको महान् चाड दशैंको नवरात्र सुरु भएसँगै चाप बढेको हो ।

पाथीभरा देवीको दर्शन गर्नका लागि मुख्य सिजन दशैं तिहारको महिना असोज र कात्तिक साथै चैते दशैं (रामनवमी)को सिजन चैत र बैशाख महिनालाई मानिन्छ ।

पाथीभरा देवीको दर्शन गर्न यतिबेला राजधानी काठमाडौंबाट ठूलो संख्यामा दर्शनार्थी आइरहेको पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले जनाएको छ ।

ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर लगायत विभिन्न जिल्लाबाट दर्शनार्थीहरु आइरहेका छन् । सबैभन्दा बढी झापा र मोरङ जिल्लाबाट दर्शनार्थी आएको फेदीबजार अस्थायी प्रहरी चौकीले जनाएको छ ।

त्यस्तै भारतको आसाम, दार्जिलिङ, सिक्किम, मणिपुर लगायतका ठाउँबाट पनि दर्शनार्थीहरु आउने क्रम बढेको छ ।

यता पाथीभरामा दर्शनार्थीको भीड बढेपछि मन्दिर नजिकको फेदीबजार, तल्लोफेदी, काफ्लेपाटी, भालुगौंडे, सेवारो लगायतका चोक तथा बजारका होटलहरु खचाखच भएको फेदीबजारका होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए । यस्तै सदरमुकाम फुङ्लिङ र सुकेटार बजारमा समेत दर्शनार्थीहरुको निकै चहलपहल बढेको देखिन्छ ।

पाथीभरा भित्रने तीर्थयात्रीका सदरमुकाम-सुकेटार-देउराली हुँदै पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म यातायातका साधनहरु चल्ने भएकाले दर्शनार्थीलाई आवात जावतमा समेत सहज भएको छ । यो सिजनमा पाथीभराको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!