२७ वैशाख , ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथीबाट झरेको ढिस्कोले पुरिएर एक बालकको ज्यान गएको छ । बहानन्दे दोभान सडक खण्डमा माथीबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका २ सान्थाक्राका अन्दाजी १३ वर्षिय फुर्वा शेर्पाको ज्यान गएको हो ।
फुर्वा सोहि स्थानमा बाटो निर्माणका लागि ढुंगा ओसार्न र गिटी कुट्न गएका आफ्ना बुबा आमा संगै रहेका थिए । प्रहरीका अनुसार गिटीका लागि ढुंका निकाल्दै गरेको ठाउँमा माथीबाट अचानक ढिस्को झरेको र त्यहाँ पुगेका फुर्वालाई ढिस्कोले पुरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीका अनुसार फुर्वाका बुबा पासाङ छिरिङ शेर्पा र आमा सो क्षेत्रमा केहि समयदेखि ढुंगा ओसारपसार र गिटी कुट्ने काम गर्दै आएका थिए । मृ तकको श व पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।







