मकवानपुर। हेटौंडा उपमहानगरभित्र आफ्नै नातिले प्रहार गरेको बन्चरोले लागेर हजुरआमाको ज्यान गएको छ । २२ वर्षका आकाश गुरुङले ९० वर्षीया हजुरआमा कान्छीमायालाई शुक्रबार दिउँसो ४ बजेतिर बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

घरको आँगनमा बसिरहेको बेला नातिले प्रहार गरेको बन्चरोले टाउकोमा लागेर कान्छीमाया गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिए पनि उनको साँझ ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । नातिलाई मकवानपुर प्रहरीको नियन्त्रणमा लिएको छ । thahakhabar

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!