ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रामा १५ दिने पत्रकारिता सम्वन्धि तालिम सम्पन्न भएको छ । शेर्पा सञ्चार समुह नेपाल मेरिङदेन शाखाद्धारा वैशाख १ गतेदेखि सञ्चालित उद्घोषण एवम पत्रकारिता सम्वन्धित तालिम बुधबार सम्पन्न भएको हो ।
मेरिङदेन गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिममा मेरिङदेन गाउँपालिकाका सबै वडाबाट गरि ३२ जना युवाहरुको सहभागिता रहेको थियो । सात दिन शेर्पा भाषामा र आठ दिन नेपाली भाषामा समाचार लेखन र उद्घोषण सम्वन्धि तालिम सञ्चालन भएको आयोजकका अध्यक्ष फुर्वा शेर्पाले जानकारी दिनुभयो ।

विभिन्न सञ्चार माध्ययममा आवद्ध पत्रकारहरु सन्तोष पुर्कुटी, सोनाम याङ्जी शेर्पा र सन्देश शेर्पाले तालिमको सहजिकरण गर्नुभएको थियो । यसैबीच समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गणेश चोङ्वाङ (लिम्बू) ले व्यक्ति, समाज र राष्ट्र परिवर्तनका लागि पत्रकारिता क्षेत्रको महत्वपुर्ण भुमिका हुने भन्दै पत्रकारहरुको क्षमता विकासमा स्थानीय तहले सके सम्म सहयोग गर्ने बताउनुभयो । सञ्चार क्षेत्रले समाज परिवर्तनमा महत्वपुर्ण सहयोग पुग्दै आएकाले सञ्चार क्षेत्रको विकासमा गाउँपालिकाले सके सम्म सहयोग गर्ने उहाँको भनाई छ ।

ग्रामिण क्षेत्रमा समेत पत्रकारहरुको उत्पादन हुन सके सबै क्षेत्रको विकास र परिवर्तनले फड्को मार्नेमा उहाँको विस्वास छ । यता कार्यक्रममा बोल्दै मेरिङदेन १ का वडा अध्यक्ष लाक्पा तेम्बा शेर्पाले यो तालिमले ग्रामिण क्षेत्रका युवाहरुको सञ्चार क्षेत्रमा व्यापक उपस्थिती बढ्ने र पछाडी परेका क्षेत्र, वर्ग र समुदायको विकास र उत्थानमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल शेर्पा संघका केन्द्रीय सदस्य दावा शेर्पा (डिएन) ले यो तालिम शेर्पा समुदायको विकास र उत्थानका लागि महत्वपुर्ण रहेको बताउनुभयो । कार्यक्रममा नेपाल शेर्पा संघका मेरिङदेन गाउँपालिका सचिव दावा ओङ्जु शेर्पा, शेर्पा सञ्चार समुह नेपालका केन्द्रीय सचिव मिङ्मा शेर्पा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!