१० बैशाख, ताप्लेजुङ । नेपाली काङ्ग्रेस ताप्लेजुङ फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङको निधन पछि कोरोना संक्रमण पुष्टि भएको छ । निमोनिया भएपछि उपचारको क्रममा शुक्रबार बिहान ९ बजे बिएन्डसि हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।
पीसीआर परीक्षणमा ढिलाइ हुँदा संक्रमितको मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभया । गुरुङको शवलाई झापामै अन्त्यष्टि गर्न आग्रह गरिएको समेत उहाँले बताउनुभयो । प्रजिअ पाण्डेका अनुसार शवलाई झापामै अन्त्यष्टि गर्नका निम्ति झापाका प्रजिअ लगायत अन्य सरोकारवालासँग समन्वय भइरहेको छ ।
शवलाई ताप्लेजुङ ल्याउदा भयावह स्थिति उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्न झापामै अन्त्यष्टि गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
यता आफन्तले भने नेपाली सेनाको टोलीले नै शवलाई गृह जिल्ला ल्याएर सेनाकै मातहतमा अन्त्यष्टि गर्न लगाउन आग्रह गरेको जनाएको छ ।







