एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा कुनै प्रगति नभएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार दिउँसो अध्यक्ष ओलीसँग भेटवार्ता गरेका नेपालले साँझ जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सबै कुरा यथावत नै रहेको बताएका हुन् । ‘पूर्ववत् र हिजोभन्दा एक कदम पछाडि नै गएका छौँ,’ उनले भने ।

जनकपुरस्थित मोडेल मल्टिपल कलेजका संचालक वीरेन्द्र साहकी छोरीको वैवाहिक कार्यक्रममा सहभागी हुन आएका नेता नेपाललाई स्वागत गर्न विमानस्थलमा एमालेसँगै माआवोदी केन्द्रका नेताहरू पनि पुगेका थिए ।

पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता रामचन्द्र झा, सांसद इन्दु शर्मा, एमाले प्रदेश २ संसदीय दलका नेता सत्रुधन महतोलगायतका नेता तथा कार्यकर्ताले फूलमाला लगाएर नेता नेपालको स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!