९ वैसाख, ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको ज्यान गएको छ ।

विहिबार साँझ करिव ५ ः ३० बजेको समयमा सान्थाक्राको जिदिम्मा गाउँको आकास लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागि छिमेकी खड्क लिम्बूको ज्यान गएको हो । स्थानीय जालपा देवी निम्न माद्यामिक विद्यालयमा कार्यरत ५० वर्षिय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकासले लुकिछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

प्रताप भनेर समेत चिनिने ३० वर्षिय आकास लिम्बू प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनामा प्रयोग भएको भरुवा बन्दुक समेत नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक मोहन पोखरेलले जानकारी दिनुभएकोछ। आकासलाई घरदेखि केहि तल जंगलमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको थियो ।

घटनाको कारण भने खुलेको छैन भने शवलाई पोष्ट म्यार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको समेत पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!