काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–७ साँखु स्थित महादेवस्थानमा सहकारी चोरी भएको छ । लावण्य बचत तथा ऋण सहकारीको ताला फुटाएर ५ लाख चोरी भएको सहकारीका सञ्चालकले दावी गरेका छन् ।
सहकारी चोरी भएको भन्दै संचालकले मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए । मुल ढोकाको ताला फोडेको भेटिएको छ । कार्टुनमा प्याक गरेको केही नगद र ल्यापटप त्यतिकै छाडिएको छ । सहकारीमा सिसिटिभी राखिएको थिएन । चोरीबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले बताए । ratopati







