काठमाडौं । नेकपा (एमाले) को माधव नेपाल पक्षले आफूपक्षीय सांसदलाई सोधिएको स्पष्टीकरण पार्टी विभाजनका लागि अर्को कदम भएको निष्कर्ष निकालेको छ।‍

एमालेको संस्थापन पक्षले मंगलबार आफू पक्षीय संघका २७ र कर्णाली प्रदेशका ५ सांसदलाई स्पष्टीरकण साधेको छ । नेपाल पक्षले यसबारे काठमाडौंको एक होटेलमा आकश्मिक छलफल राखेको थियो ।

सांसद र वरिष्ठ नेताहरुबीच भएको सामूहिक छलफलमा २८ गते यता पार्टी विभाजनका लागि ओलीले थुप्रै निर्णय गरिसकेको र सांसदलाई स्पष्टीकरण सोधेर विभाजनलाई थप कार्यान्वयन गरेको निष्कर्ष निकालेको सांसदहरुले बताएका छन्।

‘फागुन २८ गतेको निर्णयबाट नै ओलीले एमाले विभाजनको निर्णय गरिसक्नु भएको थियो,’ छलफलमा सहभागि सांसद वेदुराम भुसालले भने, ‘सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय विभाजनको कार्यान्वयन हो।’

सांसद झपट रावलले स्पष्टीकरणका बारेमा छलफल भएको र तोकिएको समयभित्रै यथोचित जवाफ दिने निर्णय भएको बताए । ‘जुन स्पष्टीरकरणका नाममा हामीलाई सोधिएको छ,त्यसमा हामीले सामूहिक ढंगले छलफल गर्‍यौं,’ राववले भने, ‘त्यो पूर्व तयारीका साथ र रेडिमेट रहेछ । यसबारे कसरी जाने भन्ने ढंगले छलफल गर्‍यौं। र, तोकिएको समयभित्रै यसको यथोचित जवाफ दिने गरि हामी उठ्यौं ।’

स्पष्टीकरणमा नेपाल पक्षले अलग पार्टी खोलेको आरोप लगाइएको छ। त्यसको पनि नेपाल पक्षले खण्डन गरेको छ। ‘नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष कमरेड केपी शर्मा ओली हो,’ रावलको भनाइ छ, ‘म केन्द्रीय कमिटीको सदस्य हो र त्यही पार्टीबाट निर्वाचित सांसद म पनि । हामीले नेकपा एमालेको घोषित लक्ष्य उदेश्य भन्दा बाहिर र नबौं महाधिवेशनले पारित गरेको विधि र विधान भन्दा कही पनि बाहिर गएका छैनौं ।’

स्पष्टीकरण दिने र कानूनी तथा राजनीतिक प्रतिवाद गर्ने निचोड पनि नेपाल पक्षले निकालेको छ। सांसद रामकुमार झाँक्रीले पत्रकारहरुसँग भनिन्, ‘हामी हाम्रो स्पष्टीकरण दिन्छौं, कानूनी प्रतिवाद पनि गर्छौ र राजनीतिक रुपमा पनि नेतृत्वका गलत कदमविरुद्ध उभिन्छौं ।’

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!