काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस यतिबेला ठुलो द्विविधामा रहेको आरोप लगाएका छन् । नेकपा एमाले १० औं महाधिवेशन आयोजक कमिटीको अध्यक्षसमेत रहेका ओलीले सोमबार बसेको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै नेपाली काँग्रेस अन्योलबाट गुज्रिएको आरोप लगाएका हुन् ।

‘नेकपाको विभाजनका कारण निर्वाचनबाट आफू लाभान्वित हुने आँकलन गरिरहेको यो पार्टी नयाँ निर्वाचनको पक्षमा भने उभिन सकेको छैन,’ उनले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘निरन्तर प्रयास गरे पनि उसले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन पनि सकेको छैन ।’

नेपाली काँग्रेसको यस्तो द्विविधा र काँग्रेसभित्र पटकैपिच्छे भिन्नाभिन्नै मतले राजनीतिलाई अन्योल ग्रस्त बनाइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!