१७ मङ्सिर, ताप्लेजुङ।
ताप्लेजुङको श्रीजङ्घा गाउँपालिका ३ बोखिममा ट्याक्टर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख सागर कुमार दाहालले जानकारी दिनुभएको छ।
सिकैचाबाट भञ्ज्याङ्तर्फ गोलिया बोकेर जादै गरेको मे १ त ६८९३ नम्बरको ट्याक्टर श्रीजङ्घा गाउँपालिकाको बोखिम भन्ने ठाउँमा अनियंत्रित भै दुर्घटना भएको हो।
ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको छ । दुर्घटनामा ट्याक्टर चालक र सहचालक समेत गरेर ४ जना घाइते भएका छन् । दुर्घटना पछी गम्भीर घाइते भएका २ जना घाइतेलाई तत्काल उपचारको लागि हेलिकप्टर मार्फत धरान स्थित घोपा लगिएको र उपचारको क्रममा एक जनाको मृत्यु भै सकेको दाहाले जानकारी दिनुभएको छ। उता साधारण घाइते भएका २ जना मध्ये १ जनाको पनि तेल्लोक स्वास्थ चौकीमा उपचारको क्रममा मृत्यु भएको छ।







