१३ मङ्सिर,ताप्लेजुङ । वातावरण संरक्षण तथा विकास मञ्चको अध्यक्षमा खड्ग बिक्रम सुवेदी चयन हुनुभएको छ । मञ्चको साधारणसभाले सुबेदीको अध्यक्षतामा १३ सदस्यिय कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा अस्मिता सा“वा सचिवमा सरिता लिङदेन, सह–सचिवमा चन्द्र यवागु र कोषाध्यक्षमा ममता गुरुङ रहनुभएको कुमार सिवाले जानकारी दिनुभयो ।
सदस्यमा चित्राकुमारी चंसु मेन्याङवो, दिपेन्द्र सुवेदी, राधिका खड्का, मैयादेवी थापा, दिवस भण्डारी, अम्विका हाङवाङ, संगीता कार्कि र प्रजिन हाङवाङ रहनुभएको छ । दुई कार्यकाल अध्यक्षको जिम्मेवारी पुरा गर्नुभएका सिवा विधानत पदेन सदस्य हुनभएको छ । मञ्चको बिधान अनुसार लगातार दुई कार्यकालमात्रै नेतृत्वको भुमिकामा रहन पाइने ब्यवस्था छ ।







