काठमाण्डाै – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । चितवनको सौराहामा भएको मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय आठ मत प्राप्त गर्नुभएको छ भने रावलले दुई सय १३ मत ल्याउनुभएको हो ।

अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने निकै प्रयास भए पनि भीम रावलले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव भएको थियो । चुनावमा ओलीले रावललाई ठूलो मतान्तरले हराउनुभएको हो ।

ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसअघि नवौँ महाधिवेशनमा पनि ओलीले माधवकुमार नेपाललाई हराएर अध्यक्ष जित्नुभएको थियो ।

दशाैँ महाधिवेशनमा पदाधिकारीका लागि भएको मतदानको गणना भइरहेको छ । उज्यालो दैनिक

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!