१० माघ, ताप्लेजुङ।
सरकार विघटन पश्चात् नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गर्नेको लर्को देशभर लागेको देखिन्छ। माघ ८ गते बिहिवार नेपाली काङ्ग्रेसको केन्द्रिय सर्कुलन बमोजिम देशभरिका ६७४३ वटै वडामा संसद विगठन, सर्वसत्तावाद, भ्रष्टाचार र अलोकतान्त्रिक कदमको विरुद्धमा बिरोध कार्यक्रम भएको थियो । त्यसै क्रममा नेपाली कांग्रेस मैवाखोला गाँउपालिका वडा नम्बर ५ र ६ को संयुक्त आयोजनामा गरिएको बिरोध जुलुस र पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि ६९ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेको ने बि संघ पाथीभरा बहुमुखी क्याम्पसका किपा शेर्पाले जानकारी दिनुभएको छ।

कार्यक्रम महाधिवेशन प्रतिनिधि तथा नेपाली काङ्ग्रेसमा पुर्व जिल्ला सचीव गजेन्द्र तुम्याहाङको प्रमुख आतिथ्यतामा साथै वाड न ५ र ६ का नेपाली काङ्ग्रेसमा आबद्ध कृयाशिल सदस्य, स्थानीय नेताहरूको उपस्थितिमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!