२५ कार्तिक, ताप्लेजुङ। नेपाल नेत्र ज्योति संघ ,डिचेन डोङ्ला स्मारक आँखा अस्पताल ताप्लेजुङमा शेवा फाउन्डेशनको सहयोगमा आजदेखि जारी ३ दिने निशुलक आँखा शिविरमा पहिलो दिन आइतबार २४ जनाले मोति विन्दुको सल्यकृया गराएका छन् । सोमबार र मंगलबार पनि यहि संख्यामा शल्यकृया गरिने बताइएको छ ।
आइतबार एकैदिन १५४ जनाको आँखा परिक्षण भएको क्लिनिक इन्चार्ज काजी गुरुङ ले जानकारी दिनुभयो । विशेष गरेर मोति विन्दुको विरामी हरुलाइ शिविरमा आएर लाभ लिन आग्रह गरिएको छ ।
५० रुपैया दर्ता शुुल्क लाग्ने शिविरमा अन्य उपचार निशुल्क हुने आयोजकले जनाएकोछ ।अरु समयमा यसै किसिमको उपचारको निमित्त पुर्वी पहाडी जिल्लाहरुका विरामिहरुले झापा ,मोरङ , शुनसरि लगायतका जिल्ला हरुमा धाउनु पर्ने बाध्यता रहेकोछ ।
सुनसरिको इटहरिवाट आएका डाक्टर शहितकोे टोलिले उपचार गर्ने संघले जनाएकोछ ।यसै टोलिले मंसिर २ देखि ४ गते सम्म पाँचथरको कुम्मायक गाँउपालिकामा शिविर संचालन गर्ने वताइएकोछ ।शिविरमा शेवा फाउन्डेशनका साथ ताप्लेजुङ र पाँचथर दुवैे जिल्ला का स्थानिय तहको सहयोग रहेको बताइएको छ ।
नाम दर्ता गरि सल्यकृया गर्न बाँकि रहेकालाई आज दश बजेवाट सेवा प्रदान गरिने पनि गुरुङले जानकारी दिनुएको छ ।







