२३ कार्तिक,ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङमा अक्सिजन प्लान्ट र भेण्टिलेटर सहितको आईसियू बेड सञ्चालनमा ल्याईएको छ । दैनिक २० सिलिण्डर सम्म अक्सिजन उत्पादन गर्ने प्लान्ट र भेण्टिलेटर सहितको दुईवटा आईसियू बेडको पूर्व पर्यटन मन्त्री तथा प्रतिनिधी सभा सदस्य योगेश भट्टराईले मंगलबार उद्घाटन गर्नुभयो ।

७१ लाख ५० हजार रुपैंयाको लागतमा अक्सिजन प्लान्ट र १ करोड ८ लाख रुपैंयामा दुई शैया भेण्टिलेटर सहितको आईसीयू र तीन बेड एचडियू स्थापना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो । हाललाई पूर्वाधार अभावका कारण दुई वटा मात्रै बेड सञ्चालनमा ल्याईएपनि चाँडै अन्य तीन बेडलाई पनि स्थापना गरि सञ्चालनमा ल्याउने बताउनुभयो । यी प्रविधिलाई सञ्चालन गर्नको लागि अस्पतालमा कार्यरत चिकित्सकहरुलाई तालिमको व्यवस्था गर्ने तयारी समेत रहेको लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधीसभा सदस्य भट्टराईले अक्सिजन प्लान्ट र आईसीयू आधारभूत आवश्यकता भएपनि ताप्लेजुङ जस्तो हिमाली जिल्लामा सेवा सुचारु हुनु महत्वपूर्ण उपलब्धी रहेको बताउनुभयो । प्लान्टबाट उत्पादन भएको अक्सिजनले अस्पताललाई पर्याप्त हुने भन्दै उनले अव प्लान्टबाट व्यावसायिक उत्पादन गरेर आन्तरिक आम्दानी बढाउन पनि सुझाव दिनुभयो ।

‘यहाँ ठुल्ठुला हाईड्रो, वर्कसपहरु सञ्चालित छन्, उनीहरुलाई अक्सिजनको आवश्यकता पर्दछ ।’ उहाँले भन्नुभयो–‘अब अक्सिजन विक्री गरेर पनि आन्तरिक श्रोतलाई बढाऔँ । प्लान्टका लागि चाहिने जनशक्ति चाँडै उपलब्ध हुन्छ ।’ केपी ओली नेतृत्वको सरकारले सवै स्थानीय तहमा ५ देखि १५ शैयासम्मको आधारभुत अस्पताल निमार्णको प्रक्रिया अघि बढाएको स्मरण गराउँदै भट्टराईले स्थानीय तहहरुले समेत त्यसलाई चासोका साथ जग्गा उपलब्ध गराउने लगायतका प्रक्रिया पुरा गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा प्रदेश १ सरकारका निवर्तमान सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ,संबिधानसभा सदस्य भूपेन्द्र थेबे,पूर्व सांसद तिलकुमार मेन्याङ्वो,प्रदेशसभा सदस्य होमकुमारी साँवा,प्रदेश १ सरकारका पूर्व आर्थिक मामिला मन्त्री टंक आङ्बुहाङ,अस्पताल विकास समितिका अध्यक्ष समेत रहनु भएका जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!