१६ असोज, ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले यसवर्षको तिहारमा देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ । मंगलबार सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सूरक्षाका सम्पूर्ण मापदण्डलाई पूर्ण रुपमा कार्यान्वयन गर्न समेत आग्रह गरेको हो ।

होहल्ला गर्ने, भेला जम्मा हुने लगायतका क्रियाकलाप पनि नगर्न अनुरोध गर्दै भुईचम्पा, पटका र आतिसबाजी जस्ता विष्पोटक पदार्थको उत्पादन, आयात÷निर्यात, विक्रि वितरण, ओसारपोसार गरेको पाईए प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!