८ माघ, ताप्लेजुङ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा ट्याक्टर दुर्घटना भएको जि. ट्रा. प्रहरी जवान बुद्धराज सेन्दाङले जानकारी दिनुभएको छ। सदरमुकाम फुङ्लिङबाट काबेलीतर्फ गिटी लिन जादै गरेको मे १ त २४१२ नम्बरको ट्याक्टर मेची राजमार्ग अन्तर्गत फुङ्लिङ नगरपालिका ८ स्थित ल्याङ्बा भन्ने स्थानमा ब्रेक फेल भै दुर्घटना भएको हो। ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको छ। दुर्घटनामा ट्याक्टर पुर्णतया जलेर नष्ट भएको छ भने चालक र सहचालक दुबै घाइते भएका छन् ।

दुर्घटना पछी दुबै घाइतेलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको साथै घटनाको थप विवरण आउन बाकी रहेको सेन्दाङले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय