
माघ ७ काठमाडौं । पुष ५ गते विघटित प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि बहस हुँदैछ । हिजो वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीले बहस गर्दागर्दै बहस सकिएकाले आजको बहसको सुरुवात उनले नै बहसको शुरुवात गर्नेछन् ।
हिजो भएको बहसमा अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउनकै लागि प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका थिए । रिट निवेदकहरुका तर्फबाट हिजो पाँच जना अधिवक्ताले बहस गर्दै विघटनको सिफारिस बदर गरी संसद पुनःस्थापना हुनुपर्ने माग दोहोर्याएका थिए ।
हिजो अधिवक्ताहरु डा शिवकुमार यादव, शेरबहादुर ढुङ्गाना, हर्कबहादुर रावल, डा रुद्र शर्मा र डाक्टर ज्ञवालीले बहस गरेका थिए ।
विघटन बिरुद्ध परेको सबै १३ वटा रिटमा एकै पटक सुनुवाई भईरहेको र त्यो पनि शुरुमा प्रत्यक बुधबार मात्र बहस हुने गरेकोमा गत आईतबारदेखि भने दैनिक बहस भईरहेको छ ।
यो महिना भित्रमा संसद पुनस्थापनाको निर्णय सदर गर्ने या बदर गर्ने फैसला आईसक्ने अपेक्षा गरिएको छ । यद्यपि, ईजलाशका न्यायधीशहरुले बहस लामो भएको प्रतिकृया दिईसकेका छन् ।
प्रधानमन्त्री ओली र उनको समुह बाहेक अन्य सबै दल , कानुन व्यवशायी र नागरिक समाजले सर्वोच्चले संसद पुनस्थापना गर्ने आशा राखेका छन् ।
संसद विघटन बिरुद्ध सडकमा पनि आन्दोलनहरु भईरहेका छन् ।