ताप्लेजुङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७ औँ स्थापना दिवसका अवसरमा गोरखापत्र दैनिकका समाचारदाता तथा उज्यालो पोष्ट दैनिकका प्रकाशक चन्द्रबहादुर पन्दाक ‘प्रयास’ पुरस्कृत हुनुभएको छ।

पन्दाकलाई ‘हेमा फेम्बु (सविता) फोनिज पत्रकारिता पुरस्कार’बाट नगदसहित सम्मान गरिएको हो। पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

पुरस्कार प्राप्त गर्नुभएका पत्रकार पन्दाकलाई फोनिजको २७औँ स्थापना दिवसको अवसरमा हार्दिक बधाई तथा सफल पत्रकारिता यात्राको शुभकामना व्यक्त गरिएको छ।

यसै अवसरमा पुरस्कारका लागि अक्षयकोष स्थापना तथा सहयोग गर्ने अक्षयकोषदाता परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। अक्षयकोषमार्फत पत्रकारिता क्षेत्रमा योगदान गर्ने पत्रकारलाई सम्मान र प्रोत्साहन गर्ने कार्यले पत्रकारहरूको व्यावसायिक यात्रामा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!