ताप्लेजुङ । मुकुम्लुङ साहित्य प्रतिष्ठानको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन ताप्लेजुङको पर्यटकीय स्थल सुकेटारमा सम्पन्न भएको छ। सभाले मनिष हेल्लोकको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

लिटल बुद्ध इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक यूवराज गिरीको संयोजकत्वमा गठित निर्वाचन मण्डलले नयाँ कार्यसमितिको घोषणा गरेको हो। निर्वाचन मण्डलमा अधिवक्ता श्री वाला हाङ याक्सो र खगेन्द्र कार्की सदस्यका रूपमा रहनुभएको थियो।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष मनिष हेल्लोक, उपाध्यक्ष सीता पिरती, देवानसिंह मादेन ‘विरही कान्छा’ र मणि सेम्बु, महासचिव उदय भट्टराई, कोषाध्यक्ष लिला आँसु, सहसचिव लक्ष्मी चुडाल, सहकोषाध्यक्ष के.बी. किराती तथा सदस्यहरूमा पोष्टबहादुर गुरुङ, होमनाथ दाहाल, सुनिता भुर्तेल पौडेल, अनिशा लोहार र जीवन कालिकोटे चयन हुनुभएको छ।

कार्यक्रमका प्रमुख अतिथि अग्रज स्रष्टा भरत गुरुङ रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा डिल्ली रमण बराल सहभागी हुनुहुन्थ्यो। कवि चन्द्र मादेन ‘आन्छन्’, समाजसेवी सुन्दरमोहन शाक्य, कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका सचिव शान्तिराम नेपाल, काजी गुरुङ, मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा, नेपाली कांग्रेस ताप्लेजुङका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, फुङ्लिङ नगरपालिका–२ का वडाध्यक्ष गोपाल न्यौपाने, समाजसेवी ओम राई तथा पत्रकार आनन्द गौतम र कृष्ण फुरुम्बोलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा साहित्यकार तथा पत्रकार **नवराज आचार्य ‘निश्चल’**ले सहजीकरण गर्नुभएको थियो। सोही अवसरमा साहित्यकार चन्द्र मादेन ‘आन्छन्’ तथा समाजसेवी एवं स्रष्टा काजी गुरुङलाई दोसल्ला र ताम्रपत्रसहित सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकले जानकारी दिनुभयो।

नयाँ कार्यसमितिले ताप्लेजुङको साहित्य, सिर्जना, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!