२४ असोज, ताप्लेजुङ ।

चाडपर्वको समयमा विभिन्न गन्तव्यका लागि यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी ताप्लेजुङको फुङ्लिङ स्थित तोक्मे डाडामा नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी, चार वटै सुरक्षा निकायका प्रमुख, फुङ्लिङ नगरपालिकाका मेयर , उपमेयर साथै स्थानीय सबैको भेलामा औपचारिक कार्यक्रमका माझ सहायता कक्षको आइतबार बिहान उद्घाटन गरिएको हो।

चाडपर्वको समयमा सवारी साधानहरुले क्षमताभन्दा बढी यात्रु सवार गराउने, बढी भाडा असुल्ने र यात्रुलाई अनावश्यक दुःख दिने प्रबृत्तिलाई रोक्न नागरिक सहायता कक्षको स्थापना गरिएको प्रहरी नायब उपरीक्षक बालनरसिङ्ह राणाले बताउनुभयो ।

उहाँका अनुसार धेरै स्थानबाट प्रसिद्ध धार्मिक तिर्थस्थल पाथीभराको दर्शन गर्न आउने दर्शनार्थीको लागि नागरिक सहायता कक्षको स्थापना गरि यात्रुलाई सहज र सवारी साधानमाथि निगरानी बढाइएको छ ।

चाडपर्वको समयमा क्षमताभन्दा बढी यात्रुहरु गाडीमा बोक्दा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ईन्ट्रि पोष्टमा अनिवार्य ईन्ट्री तथा ट्राफिक प्रहरीद्वारा हाईवे चेकिङ्गलाई कडाई गरिएको प्रहरी प्रमुख राणाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!