माघ ७ काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिदैछन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पलाई हराएका डेमोक्रेट उम्मेदवार बाइडेनले आज शपथ लिन लागेका हुन् ।

ट्रम्पले आफ्नो हार स्विकार नगरेपनि सत्ता हस्तान्तरण गर्न बाध्य भएपछि संवैधानिक व्यवस्था अनुसार आज शपथ हुन लागेको हो । शपथ लगत्तै बाइडेनले आजैबाट कार्यभार समाल्नेछन् । ह्वाइट हाउसमा पहिलो दिन नैं बाइडेनले ट्रम्प प्रशाशनले गरेका केही महत्वपूर्ण र दुरगामी असर पार्ने विवादास्पद निर्णय खारेज गर्ने संभावना रहेको बताईएको छ ।
शपथ समारोहकै लागि राजधानी वासिङ्टन डिसीलगायत देशका सबै ५० राज्यमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।
साथै आज उपराष्ट्रपति कमला ह्यारीसले पनि शपथ लिनेछिन् । शपथ अगाडी उनीहरुले अमेरीकामा कोरोनाबाट मृत्यु भएका चार लाख नागरिकको लागि मौन धारणा गरेका छन् ।
यसैबीच यस शपथ ग्रहणमा विदाई हुन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्प उपस्थित नहुने भएका छन् । उनले निर्वाचन परिणाम स्वीकार नगर्दा संसद भवनमा उनका समर्थकहरुले हतियार सहित प्रवेश गरेर हिंशा मच्चाएको अभियोग उनीमाथि लागेको छ ।
सो हिंशामा एक जना पहरी अधिकारी सहित ५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय