१० असोज, ताप्लेजुङ ।
ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङ नगरपालिकाको नेपाली
काङ्ग्रेस नगर सभापतिमा सुरेश सिङ्घक बिजय भएका छन ।
आज सम्मन्न निर्वाचनमा सिङ्घकले १०९ मत ल्याइ बिजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी युबराज बराले ८१ मत ल्याएका थिए।
तेस्तै सहसचिवमा भने इन्द्र कुमार सुनुवार र ध्रुब भाट्टराइ निर्वाचित भएका छन् । अन्य पदहरुमा भने सर्बसम्मत हिजो नै भएको थियो। 







